इराकबाट फर्किए पछि प्युठानमा पूर्व श्रीमतीको हत्या

इराकबाट फर्किए पछि प्युठानमा पूर्व श्रीमतीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ असार २०८२
  • 6.1K
    Shares

पोखरा, ३१ असार २०८२।

विदेशबाट फर्किएका एक युवाले प्युठानमा आफ्नी पूर्व श्रीमतीको हत्या गरिदिएका छन्। जिल्लाको सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको हत्या उनका पूर्व पति लिलबहादुर बरालले गरेका हुन्।

इराकमा श्रमिकको रुपमा काम गरेर गएको असार २४ गते नेपाल फर्किएका लिलबहादुरले आफन्तको घरमा बस्न गएकी आफ्नी पूर्व पत्नी रुक्मनी बरालको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

एक छोरा र एक छोरीकी आमा रहेकी आफ्नी श्रीमती रुक्मनीले गत वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेको थाहा पाएका ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुरले नेपाल फर्किए पछि रुक्मिणीलाई भेट्न बोलाएका बताइएको छ।

आफ्नी जेठानी डिला परियारको घरमा बस्न पुगेकी रुक्मिणीलाई फोन गरेर भेट्न बोलाएका र उनीहरू घरभित्र पुगेपछि मंगलबार बिहान १० बजे लिलबहादुरले चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जानकारी दिएको छ ।

रुक्मिनिलाई चक्कु हानेको देखेकी डिला आफुले रोई कराई गरेर चक्कु नहान्न अनुनय बिनय गर्दा पनि बेवास्ता गरेर लिलबहादुरले रुक्मिणीलाई चक्कु हानेको बताउछिन। ‘नहानू!’ भनें तर उनले सुनेनन्,” डिलाले भनिन्, “आँखा अगाडि छुरा प्रहार गरेर मारे। हारगुहार गर्‍यौं, केही उपाय लागेन।”

पूर्व श्रीमतीको हत्या गरेका लिलबहादुरलाई घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिए ।

आमाको हत्या र बुबाको गिरफ्तारीसँगै ती बालबालिका अभिभावकविहीन बनेका छन्। घटनापछि बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले लिलबहादुरलाई नियन्त्रणमा लिएको थियो। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार