कपिलवस्तु, २९ असार २०८२।
कपिलबस्तुमा यात्रुबाहक बस दुर्घतान्ग्रस्त हुँदा २८ जना घाइते भएका छन्।
काठमाडौँ देखि दाङ जांदै गरेको लु प्र ०२००१ ख ००४५ नम्बरको बस आज बिहान चार बजेतिर कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै दुर्घतान्ग्रस्त हुँदा २८ जना घाइते भएका हुन्। उक्त बस दुर्घटनामा परि सडकमै पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ भने गम्भीर घाइते भएका तीन जनालाई थप मुपचारका लागि बुटवल रिफर गरिएको छ । बुटवल रिफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका वडा नंं १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका वडा नं. १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहेका छन्। उनीहरूलाई बिहान सवा ५ बजेतिर बुटवल रिफर गरिएको हो।
सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका वडा नं. २ बस्ने १९ वर्षीय अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का रहेका छन्।
त्यस्तै अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका ४ बस्ने २८ वर्षीय रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका वडा नं. ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका १ बस्ने ४३ वर्षीय भीम बहादुर बि.क, सल्यान बागचौर नगरपालिका ४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बि.क. दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका ४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका २ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका ३ बस्ने ४२ वर्षीय रश्मि बोहरा र घोराही उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय वेद बहादुर वली रहेका छन्।