धादिङ, २९ असार २०८२।
धादिङका एक जना वडाध्यक्ष काठमाण्डौमा पक्राउ परेका छन्। जिल्लाको धुनीवेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी सार्वजनिक किर्ते मुद्दामा काठमाडौंको कलंकीबाट शनिबार बिहान पक्राउ परेका हुन्।
सुवेदीमाथि नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म प्रमाणपत्र बनाइ त्यसको आधारमा नागरिकता सिफारिस गराएर जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भएको थियो ।
प्रहरीका अनुसार उनले झुटो कागजात प्रयोग गरी नागरिकता बनाइ सोही नागरिकताका आधारमा सम्पत्ति कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उक्त मुद्दामा थप अनुसन्धानका लागि धादिङ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।