चितवनमा बेपत्ता बालक मृत भेटिए

चितवनमा बेपत्ता बालक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ असार २०८२
  • 2.6K
    Shares

पोखरा, २७ असार २०८२।

चितवनमा बेपत्ता बालक मृत भेटिएका छन्। जिल्लाको रत्ननगर वडा नं ७ पडेरिया पुल नजिक बुढिराप्ती नदीमा १५ वर्षीय बालक अनमोल लम्साल मृत भेटिएका हुन्।

रत्ननगर नगरपालिकाको नगरप्रहरीको टोलीले आज विहान ५:१८ बजे पडेरीया पुलबाट २ किलोमिटर चित्रसारी तर्फ बाँसघारी नजिक शव फेला परेको हो । विहीबार दिउसो दुई बजे बेपत्ता भएका बालकको शब १५ घन्टापछि भेटिएको हो

घटना स्थलमा मुचुल्का उठाइ बालककाे शव पाेष्टमाटमकाे लागि भरतपुर अस्पताल पठाइएकाे ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख डिएसपी रन्जन अवाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार