धनुषामा ससुराको हत्या गरेर भागेका ज्वाईं रेलवे स्टेशनबाट पक्राउ

धनुषामा ससुराको हत्या गरेर भागेका ज्वाईं रेलवे स्टेशनबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ असार २०८२
  • 7K
    Shares

पोखरा २५ असार २०८२।

घरायसी र लेनदेनसम्बन्धी विवादमा आफ्नो ससुराको हत्या गरेर भागेका ज्वाईं पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या गरेर भागेका उनका ज्वाईं बेचन महासेठलाई प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त महासेठले गएको असार १८ गते घरायसी र लेनदेनसम्बन्धी विवाद भए पछि ससुरा वासुदेव प्रसाद साहको चक्कुले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

ससुराको हत्या गरेपछि भागेका सासु शैलदेवीले दिएको किटानी जाहेरीका आधारमा बेचन महासेठलाई मंगलबार खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार