पोखरा २४ असार २०८२।
१० हजार रुपियाँ लिएर अर्कैको नाममा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक (ट्रायल) परीक्षा दिएका एक युवा पोखराबाट पक्राउ परेका छन्।
पोखरास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र कास्की गण्डकी प्रदेश कार्यालयले सोमबार पोखरामा संचालन गरेको प्रयोगात्मक परीक्षामा अर्कैको परीक्षा दिएका नक्कली परिक्षर्थी पर्वत जिल्लाको अमलाचौरका ३३ वर्षीय मोहम्मद रहीम पक्राउ परेका हुन्।
रहिमले कुमार भण्डारी नामको रहेको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर भण्डारीको प्रयोगात्मक परिक्षा दिएको बताइएको छ। अनुसन्धानमा रहीमले कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँसी नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा जिल्ला अदालतबाट लिखत सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।