पोखरा २४ असार २०८२।
कास्की प्रहरीले पोखराका दुई वटा जुवाखालामा छपॉअ मारेर तास खेलिरहेका आठ जना महिलासहित १७ जना जुवाडेहरुलाई समात्रेको छ।
पोखरा महानगरपालिका–१० रक्षामार्ग र वडा नं. १५ घलेचोकमा संचालित जुवाखाल्मा छापा मारेर कास्की प्रहरीले आठ जना महिसहित १७ जना जुवाडेलाई टस खेलिरहेकै अवस्थामा समातेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , पोखरा–१० रक्षामार्गस्थित जुवाखालामा तास खेलिरहेका पोखरा–१६ कि ३४ वर्षीया रेनु गर्बुजा, पोखरा–९ न्युरोडकि ३४ वर्षीया दिपा पुन, पोखरा–१५ नयाँगाउँकि ३२ वर्षीया जेनिषा पुन , पोखरा–१४ चाउथे कि ३७ वर्षीया पुष्पा पुन पक्राउ परेका हुन्। उनीहरुसंगै सोहि खालमा जुवातास खेलिरहेका पोखरा–१९ लामाचौर का ३८ वर्षीय ई. प्रसाद छन्त्यालम पोखरा–११ फुलबारीका ३९ वर्षीय हेम नारायण गर्बुजा, पोखरा–१२ माटेपानीका ४१ वर्षीय लिल प्रसाद गुरुङ, पोखरा–२९ सैनीक बस्तीका ५१ वर्षीय टेक बहादुर गुरुङ र पोखरा–१० रक्षामार्ग का ३९ वर्षीय दल बहादुर पुन पनि पक्राउ परेका छन्। उनीहरुको साथबाट दुई लाख २२ हजार ८० रुपियाँ नगद र चार बुक तास बरामद भएको प्रहरीको दाबी छ।
त्यस्तै, पोखरा–१५ घलेचोकस्थित जुवाखालाबाट पक्राउ परेकामध्ये पोखरा–१० का ३४ वर्षीय चन्द्र बहादुर पुन, पोखरा–१५ घलेचोकका ४२ वर्षीय हिमाल गुरुङ, पोखरा–१० काजीपोखरीका ५९ वर्षीय टोपबहादुर थापा र पोखरा–१५ मितेरी टोलका ६७ वर्षीय बलराम गुरुङ परेका छन्। सोही खालमा जुवातास खेलिरहेकै अवस्थामा पोखरा–१० रंगशाला कि ४४ वर्षीया कल्पना उर्फ टिकामाया आले, पोखरा–१० काजीपोखरी कि ३७ वर्षीया बिष्णु थापा , पोखरा–१५ लक्ष्मीटोलकि ४२ वर्षीया सोनी गुरुङ , पोखरा–१९ लामाचौर कि ४५ वर्षीया केशकुमारी गुरुङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट भने एक लाख ९० हजार नौसय ८५ नगद र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
प्क्रापक्र्तौ परेका सबै जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट पांच दिनको म्याद थप गराई अनुसन्धान थालिएको कास्की प्रहरीले जानकारी दिएको छ।