पोखराको सडकमा भिषण वर्षाका बीच राती रुँदै गरेको अवस्थामा बालक भेटिए : प्रहरीको जिम्मा लगाइयो

पोखराको सडकमा भिषण वर्षाका बीच राती रुँदै गरेको अवस्थामा बालक भेटिए : प्रहरीको जिम्मा लगाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ असार २०८२
  • 14.9K
    Shares

पोखरा २४ असार २०८२।

ठुलो पानि परिरहेको अवसथामा पोखराको सडक छेउमा रोइरहेका एक बालकलाई तीन जना युवाले उद्धार गरेर प्रहरीको जिम्मा लगाएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बैदाम क्षेत्रमा भिषण वर्षाका बिचक रोइरहेको अवस्थामा रहेका अन्दाजी सात वर्षका बालकलाई स्थानीय तीन जना युवाहरुले उद्धार गरेर प्रहरीको जिम्मा लगाएका छन्।

आफ्नो घर उदयपुर जिल्ला वडा नं. ७ र नाम सन्देश बताउने ती बालकलाई स्थानीय युवाहरुले उद्धार गरेर वडा प्रहरी कार्यालय बैदाम पोखरामा बुझाएको प्राप्त समाचारमा जनाइएको छ।

पुरानो कपडा लगाएको भेटिए पछि एउटा ज्याकेट र कट्टु किनेर ती बालकलाई लगाइदिएको बालक उद्धार गर्ने मध्येका एक सुबाश काफ्लेले जानकारी दिएका छन्।

उक्त समूहले बालकको सुरक्षाका लागि तत्कालै बैदम प्रहरी चौकीमा फोन गरी जानकारी गराएको र हाल बालक प्रहरीको जिम्मामा सुरक्षित रहेको काफ्लेले जानकारी दिए।

बालक आफन्तसम्म पुग्न सकून् भन्ने उद्देश्यले सहयोगी युवाहरूले बालकको फोटोसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार