पोखरा २२ असार २०८२।
बाँकेमा गएराती ६५ वर्षीय वृद्धको आफ्नै छोराले हत्या गरेका छन्। जिल्लाको बैजनाथ गाउपालिका २ मकैबारी निवासी ६५ वर्षीय टोपबहादुर रोका क्षेत्रीको उनकै छोराले गएराती हत्या गरेका हुन्।
बाबुको हत्या पश्चात छोरा भविलाल रोका क्षेत्री फरार छन् र नुनको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालित भएको प्रहरीले जानकारी दिएको छ।