कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट साढे दुई किलो गाँजासहित दुई जना पक्राउ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट साढे दुई किलो गाँजासहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० असार २०८२
  • 11.5K
    Shares

पोखरा २० असार २०८२।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट अबैध लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय बगरबाट खटिगएको प्रहरी टोलिलेजिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ लुम्रेमा बुधबार राती १० बजे सवारी चेकिङ गर्ने क्रममा अबैध लागू औषध गाँजासहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्तहरुमा पोखरा म.न.पा. वडा नं.२५ हेम्जा बस्ने वर्ष २१ को योगेश रोका मगर र नवलपुर् जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ८ बस्ने वर्ष १८ की साहारा सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

योगेश रोका मगरले चलाएको लु.प्र.-०१-००६ प ०८३५ नम्बरको मोटरसाइकल चेकजांच गर्ने क्रममा सोही मोटरसाइकलको पछाडी सवार साहारा सुनारले पछाडी भिरेको झोलामा राखिएको दुई किलो पांच सय ग्राम अबैध लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरु दुवैजनाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाईएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार