जाजरकोटमा गएराती भिरबाट खसेको ढुंगाले लाग्दा सुतिरहेका दुई दिदीबहिनीको मृत्यु

जाजरकोटमा गएराती भिरबाट खसेको ढुंगाले लाग्दा सुतिरहेका दुई दिदीबहिनीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० असार २०८२
  • 8.5K
    Shares

पोखरा २० असार २०८२।

जाजरकोटमा भिरबाट खसेको ढुंगाले लाग्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ।

जिल्लाको कुशे गाउँपालिका–३ तर्पेनाका १८ वर्षीया शर्मिला बुढा र र १४ वर्षीया चमेली बुढा सुतिरहेका बेला घरमाथि रहेको भिरबाट खसेको ढुंगाले लाग्दा मृत्यु भएको छ।

गएराति नौ बजे टहरामा सुतिरहेका बेला भिरमाथिबाट खसेको ठूलो ढुंगा टहरोमा बजारिँदा एकैठाउँमा सुतिरहेका दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

उनीहरु बाख्रा हेरचाहको लागि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेका बेला घटना भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार