कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पनि पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पनि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०८२
  • 4K
    Shares

पोखरा १८ असार २०८२।

कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

मिश्र २०६६ देखि २०७५ सम्म बैंकको अध्यक्ष थिए । यसअघि सीआईबीले कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो ।

आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय नेपालगन्जको हिरासतमा राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । बुधवार नेपालगन्जबाट पक्राउ परेका मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँकै क्षेत्र नम्बर–२ बाट चुनाव लडेका थिए ।

प्रतिक्रिया