लमजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

लमजुङमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०८२
  • 6.2K
    Shares

पोखरा १८ असार २०८२।

लमजुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुईपिप्लेबाट भोर्लेटारतर्फ खेतमा जाने क्रममा ग.१ त ७६३७ नम्बरको ट्रली नभएको ट्याक्टर जिल्लाको मध्यनेपाल-४ तिलार चोकमा बुधबार बिहान अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर बाग्लुङको काठेखोला -७ घर भई हाल कास्कीको रूपा गौपालिका ३ पोल्याङ बस्ने १९ वर्षीय आयुसमान गुरूङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दमौली अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार