पोखरा १८ असार २०८२।
एक व्यक्तिले खुकुरीले हानेर रुकुममा श्रीमतीको हत्या गरेका छन्।
गएराति जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट देविकाको घटनास्थलमै मृत्यु भएको र उनका श्रीमान चन्द्रबहादुर बुढाथोकीलाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।