पोखराको लेकसाइडस्थित मसाज सेन्टरहरुमा बालिकाहरुको प्रयोग : आठ जनाको उद्धार

पोखराको लेकसाइडस्थित मसाज सेन्टरहरुमा बालिकाहरुको प्रयोग : आठ जनाको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०८२
  • 7.3K
    Shares

पोखरा १८ असार २०८२।

पर्यटकीय राजधानी पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा संचालित मसाज सेन्टरहरुमा बालिकाहरुको ब्यापक प्रयोग हुने गरेको देखिएको छ।

बेला-बेलामा प्रहरीले सचेतनामुलक कार्यक्रमहरु गर्ने गरेको भए पनि लेकसाइडमा संचालित मसाज सेन्टरहरुमा बालिकाहरुको प्रयोगमा कमी आएको देखिएको छैन।

त्यसो त त्यस्ता मसाज सेन्टरहरुमा प्रहरीले छापा मारेर बालिकाहरुको उद्धार गरेर संचालकहरुलाई कारबाही पनि गर्ने गरेको छ। तैपनि त्यस्ता मसाज सेन्टरहरुमा बालिकाहरुको प्रयोगमा कमी नआएको बिज्ञहरु बताउछन्।

मसाज सेन्टरहरुमा अधिकांशमा यौनजन्य गतिबिधिहरु हुने र त्यस्ता गतिविधिहरुबाट बालिकाहरु पिडित हुने गरेको अनुसन्धानमा खटिएका प्रहरीहरु नै बताउछन।

मसाज सेन्टरक नाममा बालिकाहरुलाई प्रयोग गरी हुने यौनजन्य गतिबिधि हुन् नदिन प्रहरीले गएको सोमबार दिउसो पोखराको लेकसाइडस्थित मसाज सेन्टरहरुमा छापा मारेको थियो। सोही क्रममा तीन वटा मसाज सेन्टरहरुमा कार्यरत आठ जना बालिकाहरु फेला पारे पछि उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

पर्सल्यान स्पा र ताराहिल लज स्पा एण्ड ब्युटी केयरबाट २ – २ जना र इभेंडर ब्युटी एण्ड स्पाबाट चार जना बालिकाहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

बालिकाहरुलाई उद्धार गरे पनि संचालाकहरुलई भने श्रम ऐन विपरीत १६ वर्ष मुनिका बालबालिकालाई काम लगाएको भन्दै कारबाहीका लागि श्रम कार्यालय पोखरामा पठाईएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार