चितवनका राउतले आफ्नै शरीरमा आगो लगाएर गरे देहत्याग

चितवनका राउतले आफ्नै शरीरमा आगो लगाएर गरे देहत्याग


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असार २०८२
  • 4.6K
    Shares

पोखरा १७ असार २०८२।

चितवनमा एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएर देहत्याग गरेका छन्।

जिल्लाको रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले सोमबार बिहान ६ः०० बजे आफ्नै शरीरमा आगो लगाएर देहत्याग गरेका हुन्।

राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जल्न गइ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलीले सोमबार बिहान ६ः५० बजे घटनास्थल जाँच गरी मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार