पर्वतमा जिप दुर्घटनाग्रस्त : एकको मृत्यु, दुई जना घाइते, अर्का घाइते गाइगोठमा भेटिए

पर्वतमा जिप दुर्घटनाग्रस्त : एकको मृत्यु, दुई जना घाइते, अर्का घाइते गाइगोठमा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ असार २०८२
  • 13.6K
    Shares

पोखरा १५ असार २०८२।

पर्वतमा गए राती जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला सदरमुकाम कुश्माबजारबाट यात्रु लिएर ठानामौलाको नेपाने जाँदै गरेको ध १ ज ६९७ नम्बरको जीप शनिबार राती करिब ९ बजेको समयमा फलेवास नगरपालिका वडा न ८ ठानामौलाको समिनधारा नेपानेमा दुर्घटनाग्रस्त हुँदा एक जानको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर कुश्मा ८ फलेवास ठानामौलाका ३९ बर्षका डोलबहादुर क्षेत्रीको उपचारको क्रममा पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुमित श्रेष्ठले जानकारी दिए । सोही दुर्घटनामा घाइते भएका ३४ बर्षका चालक विक्रम सुनार र ३३ बर्षका सुरज विश्वकर्माको पर्वत अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी हराईरहेका ४१ बर्षका मनबहादुर विक आईतबार विहान स्थानीयको गोठबाट उद्धार गरी उपचारका लागि कुश्मा ल्याइएको प्रहरीले जनाएको छ ।

उक्त जीप अनियन्त्रित भई करिब एकसय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार