पोखरा १४ असार २०८२।
मकवानपुरमा स्वास्थ्य चौकीका एक जना कार्यालय सहयोगीले हत्या गरेका छन्।
मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीस्थित स्वास्थ्य चौकीका कार्यालय सहयोगी ३५ वर्षीय कुमार थापाले शनिबार आज बिहान ५ बजेतिर नीय ५७ वर्षीय राम बहादुर वाइवालाई खुर्पाले हानेर हत्या गरेका हुन्।
बाराको निजगढ नगरपालिका–३ सिंगोल घर भएका कार्यालय सहयोगी थापाले वाइवाको हत्या गरेपछिनजिक कोही आएमा मारिदिने धम्की दिँदै घटनास्थलमै बसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उक्त घटना बारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय फापरवारीबाट प्रहरी निरीक्षक पावल सिंह लामाको कमाण्डमा ६ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले थापालाई घटनास्थलमै नियन्त्रणमा लिएको बताएको छ। सांकेतिक चित्र