बुटवलमा मोटरसाइकललाई ठक्कर दिएर रेसुङ्गाका मेयरले गाडी हुँइक्याउन खोजे पछि …….. ….

बुटवलमा मोटरसाइकललाई ठक्कर दिएर रेसुङ्गाका मेयरले गाडी हुँइक्याउन खोजे पछि …….. ….


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ असार २०८२
  • 7.5K
    Shares

पोखरा १४ असार २०८२।

गुल्मीको रेसुंङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी सवार गाडीले शुक्रबार राती मोटरसाइकल लाई ठक्कर दिदा घाइते भएका व्यक्तिलाई बेवास्ता गरेर भाग्न खोजेपछि उक्त गाडी रोकेर स्थानीय बासिन्दाले मेयर पन्थीलाई झपारेका छन्।

मेयर पन्थी सवार बा ०२–०१६ नम्बरको नगरपालिकाको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिंदा रुकुमको मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री घाइते भएकोमा उपचार गर्नुको साटो बेवास्ता गरेर भाग्न थाले पछि उक्त गाडी रोकेर मेयर पन्थीलाई झपारेका हुन्।

दुर्घटनापछि गाडी नरोकी अघि बढेपछि आक्रोशित स्थानीयबासीले गाडीमा सवार नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठमाथि हातपातको प्रयास गरेका थिए ।

दुर्घटनामा घाइते खत्रीको हाल बुटवलको बेलबासस्थित एडमनसिटी अस्पतालमा उपचार भइहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते खत्रीको होस अझै खुल्न नसकेको पारिवारिक स्राेतले जानकारी दिएको छ ।

शुक्रबार राती दाङमा कांग्रेस बैठकमा सहभागी भएर बुटवलतर्फ आउँदै गरेको रेसुंगा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिएका छन् । यसबारे प्रतिक्रिया लिन नेताहरूलाई सम्पर्क गरेपनि फोन उठाएनन् ।

प्रतिक्रिया