पोखरा १३ असार २०८२।
पोखरामा आज दिउसो ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक महिलाको मृत्यु भएको छ।
पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जादै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई आज करिब साढे १२ बजे पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर स्याङ्जाको फेदीखोला गाउपालिकास्थित सर्केटारी निवासी ४२ वर्षीया स्कुटर चालक मिना क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा ढलेकी स्कुटर चालक क्षेत्रीलाई तत्काल उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।
टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।