पोखरा १३ असार २०८२।
सप्तरीमा एक युवकको बीभत्स हत्या भएको छ।
राजगढ गाउँपालिका–४ प्रिपाहीमा डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको बिभत्स तरीकाले हत्या भएको हो।
खंगको शब् बिहीबार घाँटी रेटी हत्या गरेको अवस्थामा प्रिपाहीस्थित पोखरीको डिलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको घाँटीमा ३ इञ्च र पेटमा २ इञ्च गहिरो चोट देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेको निमित्त प्रहरी प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटिएको बस्नेतले बताए।