पोखरा १२ असार २०८२।
ललितपुरको एक गाइफ़र्ममा एक युवती मृत भेटिएकी छन् । जिल्लाको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा बलराम रोका मगरले सञ्चालन गरेको गाइफर्मममा १८ वर्षीया सुशिला बम्जन मृत भेटिएकी हुन् ।
मकवानपुरगढी गाउँपालिका–१ घर भएकी बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनको ४ महिना अगाडी २० वर्षीय पाल्साङ बम्जनसँग बिहे भएको थियो । उनी ११ दिनअघिदेखि गाइफर्ममा काम गर्न थालेकी थिइन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।