पोखरा १२ असार २०८२।
काठमाण्डौको विष्णुमती खोलाले बगाउदै गरेको कारभित्रबाट महिलाको उद्धार भएको छ।
काठमाण्डौको टोखा नगरपालिका वडा नं ८ बानियाटर पुल नजिकैबाट खोलाले बगाउदै गरेको बाग्मती प्रदेश ०३१च ६१४१ नम्बरको प्राइभेट गाडीबाट महिलालाई उद्धार गरिएको हो।
उनलाई स्थानीय बासिन्दाको सहयोगमा नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो।