सोलुखुम्बुमा चिप्लिएर घाइते अवस्थामा भिरमा अड्किएका शेर्पाको प्रहरीले गर्यो उद्धार

सोलुखुम्बुमा चिप्लिएर घाइते अवस्थामा भिरमा अड्किएका शेर्पाको प्रहरीले गर्यो उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ असार २०८२
  • 8.5K
    Shares

सोलुखुम्बु ६ असार २०८२।

सोलुखुम्बुमा चिप्लिएर लड्न गइ भीरमा अड्किएका एक जनाको प्रहरीले उद्धार गरेको छ।

म्याट तथा कपडाहरु बोकेर सुर्केबाट नाम्चेतर्फ पैदल जाँदै गरेका सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–०२ फेरा घर भई हाल खुम्बु पासाङल्हामु गाउँपालिका–०२ सुर्क बस्ने २८ वर्षीय फुरी शेर्पाको प्रहरीले घाइते अवस्थामा उद्धार गरेको हो।

प्रहरीका अनुसार , शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–०२ स्थित हिक्पाको भिरबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा घाइते अवस्थामा भीरमा अड्किएका थिए। यात्राको क्रममा हिक्पा भिरमा खुट्टा चिप्लिएर फुरी शेर्पा अचानक खसेका बताइएको छ।

हिक्पा भिरमा मानिस अड्किएको खबर पाउना साथ घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोलीले उनको तुरुन्त उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।

उद्धार गरिएका शेर्पालाई खुम्बु पासाङल्हामुस्थित निकोल निकि अस्पतालमा भर्ना गराइएको र हाल उहाको उपचार भइरहेको तथा अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार