आश्रमको दान पेटिका फुटाएर रकम चोरी भागेका युवा लमजुङमा समातिए

आश्रमको दान पेटिका फुटाएर रकम चोरी भागेका युवा लमजुङमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ असार २०८२
  • 9.7K
    Shares

पोखरा,५ असार २०८२।

आश्रमको दान पेटिका फुटाएर रकम चोरी भागेका युवा लमजुङमा समातिएका छन्।

लमजुङको राइनास नगरपालिका -८ स्थित सर्वोदय सेवा आश्रममाको दान पेटिका फुटाएर रकम चोरी गरेर भागेका युवा लमजुङमा समातिएका हुन्।

पक्राउ पर्नेमा दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङका २३ वर्षीय सोम बहादुर परियार रहेका प्रहरीले जानकारी दिएको छ। परियारलाई इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरिक्षक मनोज पाण्डेको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

अभियुक्तको साथबाट दानपेटिकाबाट चोरी गरेको ठानिएको रकम बरामद भएको प्रहरीले दाबी गरेको छ। तर कति रकम बरामद भएको हो भन्ने बारेमा खुलाइएको छैन।

झन्डै दुई महिना सोही आश्रममा काम गरेर छाडेका अभियुक्त परियारले सोमबार अन्दाजी राती १० बजेको समयमा आश्रमको दानपेटिका फोडेर रकम चोरी भागेको आश्रम सम्बद्ध स्रोतहरुले जानकारी दिएका छन्।

आश्रमामा चोरी भएको सुचना मंगलबार बिहान करीब साढे छ बजे पाएको इलाका प्रहरी कार्यालय भोटेओडारले कार्यालय प्रमुख प्रहरी निरिक्षक पाण्डेको नेतृत्वमा तत्काल परिचालित भई झन्डै दुई घण्टा पछि पक्राउ गरेर थप अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाएको बताइएको छ। प्रहरीले दानपेटिका फोड्न प्रयोग भएको औजार पनि बरामद भएको जानकारी दिएको छ।

अभियुक्त परियारबिरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्ला सरकारी वकिलको कार्यालय लमजुङमार्फत लमजुङ जिल्ला अदालतमा चोरी तथा डाँका समबन्धि कसुरमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि सात दिन म्याद लिएको प्रहरीले जनाएको छ।

कृष्ण राज ओलियाले संचालन गरेको उक्त आश्रममा अहिले २१ जना बृद्ध-बृद्धाहरुले आश्रय लिई रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार