पाल्पामा अण्डा बोकेको जिप दुर्घटना : दुई जनाको मृत्यु, चालक सख्त घाइते

पाल्पामा अण्डा बोकेको जिप दुर्घटना : दुई जनाको मृत्यु, चालक सख्त घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ असार २०८२
  • 6.9K
    Shares

पोखरा, ३ असार २०८२।

पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् ।

अण्डा बोकेर जिल्लाको आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा सोमबार साँझ पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोटमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने अर्का एक जना सख्त घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

सोही दुर्घटनामा परेर घाइते भएका सवारी चालक बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्काको अवस्था पनि गम्भीर छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार