पोखरा, १ असार २०८२।
युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर धम्क्याएको आरोपमा संखुवासभाबाट दुई जना युवा पक्राउ परेका छन्।
भोजपुरको षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २२ वर्षीय विपल राईलाई युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाई धम्क्याएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले संखुवासभाकी एक युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाई आफूले भनेअनुसार नगरे त्याे भिडियो तथा तस्बिरहरू सार्वजनिक गर्ने धम्कीसमेत दिएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले जानकारी दिए। उनीहरुविरुद्ध आपराधिक लाभ तथा विद्युतीय अपराध (साइबर क्राइम) कसुरमा मुद्दा चलाइएको प्रहरीले बताएको छ।