पोखराको लेकसाइडस्थित होटलको पांचौ तलाबाट खसेर पोखरा घुम्न आएकी महिलाको मृत्यु

पोखराको लेकसाइडस्थित होटलको पांचौ तलाबाट खसेर पोखरा घुम्न आएकी महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ जेष्ठ २०८२
  • 36.2K
    Shares

पोखरा, ३१ जेठ २०८२।

गएराती पोखराको लेकसाइडस्थित एक होटलको पाँचौ तलाबाट खसेर पोखरा घुम्न आएकी एक महिलाको मृत्यु भएको छ।

श्रीमान राजु भण्डारी र दुई छोराहरूसहित पोखरा घुम्न आएकी बुटवल उपमहानगरपालिका १७, रानिगन्ज निवासी ३२ वर्षीया सरिता भण्डारी लेकसाइडस्थित होटल रुद्राक्षको पाँचौ तलाबाट खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार, राती करिब साढे १२ बजे घटना घटेको जानकारी प्रहरीलाई करिब १ बजे प्राप्त भएको थियो।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर – ३ टाकुरा सिम्पानी पुर्ख्यौली घर भएकी भण्डारीको भबितब्य तरीकाले मृत्यु भएको भन्दै उनका आफन्तले जाहेरी दिएको डिएसपी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार