मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ जेष्ठ २०८२
  • 6.5K
    Shares

पोखरा, ३१ जेठ २०८२।

मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ !
मोरङको सुन्दरहरैंचा–७ मा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो।

मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लगाउदै गर्दा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरूले पोलबाट हुक जोडेर खोला करेन्ट लगाएका थिए। शव पोस्टमार्टमका लागि धरान पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार