पोखरा, ३० जेठ २०८२।
नवलपुरमा ९० वर्षीय बृद्धले गएराती आफ्नै श्रीमतीको हत्या गरेका छन्। जिल्लाको देवचुली नगरपालिका-३ आम्बासका ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको गएराती हत्या गरेका हुन्।
घरायसी विवाद भए पछि दिलबहादुरले आफ्नी श्रीमती जमुनालाई टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पतिले हानेको रडको चोट साहना नसकेर श्रीमती जमुना थापाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
उक्त हत्या पश्चात ९० वर्षीय दिलबहादुर थापालाई पक्राउ गरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपूरका डीएसपी मधु नेपालले जानकारी दिए। उनले पत्नीको हत्या गरेको स्वीकारेका डीएसपी नेपालले बताए।