पोखरा, २९ जेठ २०८२।
गोरखामा निर्माण ब्यबसायी (ठेकेदार)लाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।
कृतिका निर्माण सेवाका प्रोप्राइटर कृष्णप्रसाद अम्गाईलाई गत शुक्रवार गण्डकी गाउँपालिका–२ खमारे खोला सडकखण्डमा कुटपिट गरेको आरोपमा तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–४ ढावेका रोशन थापा क्षेत्री भन्ने २९ बर्षीय सुजल थापा, १९ बर्षीय पुष्पप्रसाद देवकोटा र वडा नम्वर ३ आमडाडाका २४ बर्षीय दयाराम पन्त रहेका जिल्ला प्राह्री कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। उनीहरुले बाटो छेकी ज्यान मार्ने उदेश्यले हेल्मेट र ढुंगा समेतले हानेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको कुटपिटबाट टाउको र शरिरको बिभिन्न भागमा चोट रहेको बताइएको छ।
कुटपिटको घटनापछि भागेका उनीहरुलाई सोमबार पक्राउ गरिएको र ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।