तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ जेष्ठ २०८२
  • 7K
    Shares

tiger

पोखरा, २७ जेठ २०८२।

तनहुँको बन्दीपुर् गाउँपालिकामा सोमबार साँझ चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु भएको छ।

चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङको मृत्यु भएको हो।

आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि तत्काल उद्धार गरेर उपचारका लागि बन्दीपुर अस्पताल पुर्याइएकोमा अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार