बेगनास तालको ३५ मिटर गहिरो भागमा भेटियो युवाको शब

बेगनास तालको ३५ मिटर गहिरो भागमा भेटियो युवाको शब


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ जेष्ठ २०८२
  • 13.6K
    Shares

पोखरा, २६ जेठ २०८२।

पोखरा महानगरपालिकाको लेखनाथस्थित माझीकुनामा रहेको बेगनास तालको ३५ मिटर गहिररो भागमा एक युवाको शब भेटिएको छ। उक्त शब गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३, मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठको रहेको प्रहरीले जानकारी दिएको छ।

श्रेष्ठ पौडी खेल्ने क्रममा गएको जेठ २५ गते साँझ साढे ७ बजेदेखि सोही तालमा डुबेर बेपत्ता भएका थिए।

लेकवेभ होटलमा बस्दै आएका श्रेष्ठको खोजीमा परिचालित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको गोताखोर टोलीले सोमबार बिहान १० बजे तालको ३५ मिटर गहिरो भागमा फेला पारी बाहिर निकालेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार