पोखरा, २६ जेठ २०८२।
पाेखरामा साेमबार बिहान एकजना युवककाे हत्या भएको छ। पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरकाे युवकको हत्या गरेको अवस्थामा शव फेला परेकाे हाे ।घटनास्थलमा रगतसहित अनुहार र शरीरमा चोट लागेको शव भेटिएको हो ।
मृतककाे सनाखत हुन सकेकाे छैन। घटनास्थलमा हथाैडा फेला परेकाे हुनाले हत्या गरी फरार भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
साथबाट परिचय खुल्ने कुनै पनि कागजात नभेटिँदा, कुनै पनि स्थानीयले नचिन्दा र देखिइराखेको व्यक्तिसमेत नपरेको हुँदा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।
बिहान ५ बजे प्रहरीले सडकमा मानिस मरेको अवस्थामा भेटिएको सूचना पुगेको थियो । साढे १/२ बजेसम्म मानिसहरु हिँड्दा नदेखिएको र बिहान ५ बजेतिर शव भेटिएको सूचनापछि प्रहरी पुगेर हेर्दा घटना ४ वा साढे ४ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।
राति नै हत्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले बताएको छ ।