पोखरा, २३ जेठ २०८२।
पूर्वको सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा दुई जना सशस्त्र प्रहरीका गोताखोरहरु बेपत्ता भएको खबरहरु आइरहेका बेला सुदुर-पश्चिमको जाजरकोटस्थित भेरी नदीमा पौडिने क्रममा दुई जना युवाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता छन्।
सप्तकोसी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको छ। बिहिबार विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका राजवंशीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
विपद् उद्धार अभ्यासमा खटिएका पांच जना मध्ये सशस्त्र प्रहरी जवान हरदेब राजवंशी र सुरज साउद बेपत्ता भएका थिए। बेपत्ता साउदको अवस्था अझै पत्ता लाग्न सकेको छैन भने खोजीकार्य जारी रहेको डीएसपी तथा प्रवक्ता खतिवडाले बताए।
बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन गरिएको छ।
यसैबीच प्राप्त अर्कोएक जानकारी अनुसार , शुक्रबार दिउँसो जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैस्थित भेरी नदीमा पौडी खेल्न गएका दुईजना बालबालिकाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा नलगाड नगरपालिका– ८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी रहेका छन् । सुरेन्द्रकी १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।