विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सप्तकोशीमा बेपत्ता

विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सप्तकोशीमा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ जेष्ठ २०८२
  • 5.4K
    Shares

पोखरा, २२ जेठ २०८२।

सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन् । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार अपरान्ह ४ बजे सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि सप्तकोशीमा अभ्यास गरेको थियो । उनीहरूको खोजीका लागि सुनसरी र सप्तरीबाट प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार