पोखरा, १८ जेठ २०८२।
डाेटीमा बाेलेराे जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। जिल्लाको बोगटानबाट दिपायलतर्फ आउदै गरेको सु. प. प्र ०१००१ ज १४६४ नम्बरको बोलेरो जिप के आई सिं गाउपालिकाको वडा न ५ केदारगाउँमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने आठ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर बोगटान फुड्सिल गाउपालिकाको वडा नं. ६ गगुडा का ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा परेर जिप चालक कैलाली धनगढी उपमहानगरपालिका वडा नं. १८ फुलबारी बस्ने बर्ष २४ को हरिचन्द्र चौधरी, सोही ठाउँका ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीय बिर्मादेवी चन्द, डोटीलको के.आई.सिंह गाउन्पालिका वडा नं. ४ वायल बस्ने बर्ष ४७ को नरेश प्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गा.पा. वडा नं. ३ सकायल बस्ने बर्ष २३ कि राधिका देउवा, उनकी दुई वर्षीया रियान्सा देउवा र बोगटान फुड्सिल गाउपालिका वडा नं. २ चाल्सा बस्ने बर्ष १९ को धन बहादुर . बम घाइते भएका छन्।
घाइतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।