पोखरा, १७ जेठ २०८२।
भक्तपुरबाट नेपाली सेनाको नक्कली मेजर र नेपाल प्रहरीको नक्कली डिएसपी पक्राउ परेका छन्। प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट नेपाली सेनाको नक्कली मेजर र नेपाल प्रहरीको नक्कली डिएसपी पक्राउ गरेको हो।
नेपाली सेनाको नक्कली मेजर बनेर ट्याक्सी ड्राइभरलाई धम्क्याएर भाडा नतिरि हिडेको आरोपमा प्रहरीले रामेछापको मन्थली नगरपालिका ७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षका रुद्रराज कार्कीलाई पक्राउ गरेको हो भने ठगीमा परेका पीडितहरुलाई पैसा अशुल गरिदिन्छु भन्दै उल्टै पिडितहरुसंग रकम असुली गरेको आरोपमा नाल प्रहरीको नक्कली डिएसपी बनेका सिराहाको बरियारपट्टी गाउँपालिका ५ घर भई हाल काठमाण्डौँ जोरपाटी बस्ने २७ वर्षका काशिन्द्र कुमार ठाकुरलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
नक्कली डिएसपी ठाकुरले जेठ १५ गते दिउँसो ४ बजेतिर भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ कौशलटारबाट बा प्र ०१–००२ ज ६७३९ नम्बरको ट्याक्सी ईनड्राईभ गरी चढेका थिए।
उनले शुक्रबार पनि दिउँसो ४ बजेतिर मध्यपुरठिमी नगरपालिका २ दिव्यश्वरी स्थितमा ठगीमा परेका पीडितहरुलाई पैसा अशुल गरी दिन्छु भनि आफुलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक सञ्जय यादव बताएका प्रहरीको दाबी छ।