ट्रम्पलाई धन्यवाद दिँदै मस्कले छाडे ‘डज’

ट्रम्पलाई धन्यवाद दिँदै मस्कले छाडे ‘डज’


  • एजेन्सीहरु
  • बिहिबार, १५ जेष्ठ २०८२
  • 2.3K
    Shares

पोखरा, १५ जेठ २०८२।

टेक अर्बपति तथा टेस्लाका सह-संस्थापक इलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए। ट्रम्प दोस्रोपटक गत जनवरीमा ह्वाइट हाउस फर्किंदा उनले मस्कलाई नयाँ सरकारी विभाग डज (सरकारी दक्षता विभाग) को नेतृत्व सुम्पिएका थिए। तर बिहीबार मस्कले एक्समा लेखेका छन्, ‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो समय सकिएको हुनाले म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई व्यर्थ खर्च कम गर्ने अवसर दिएकामा धन्यवाद दिन चाहन्छु।’

उनले अगाडि भनेका छन्, ‘समयसँगै डज मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ।’

प्रतिक्रिया