पोखरा, १४ जेठ २०८२।
लमजुङमा एक घरकोठामा आगलागी हुँदा आगोले जलेर ७० वर्षीया बृद्धाको मृत्यु भएको छ।
जिल्लाको सुन्दरबजार नगरपालिका–९, बुद्ध टोलस्थित एकघरको कोठामा बुधबार बिहान ३ बजेतिर आगलागी हुँदा सोही घरमा बस्दै आएकी दोर्दी गाउँपालिका–१ घर भएकी ७० बर्षीया मिठि थापाको जलेर मृत्यु भएको हो ।
प्रहरी र स्थानीयले आगलागी भइरहेको कोठाको ढोका फुटाएर आयो नियन्त्रणमा लिएका थिए । आगोमा जलेर घाईते अवस्थामा अचेत रहेकी बृद्धालाई तत्काल प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको अनुहार र खुट्टाको भागहरु जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाहले बताए । उनका अनुसार घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।