कपिलवस्तुमा गएराती ग्यास सिलिन्डर विस्फोट : दाजुबैनीको मृत्यु

कपिलवस्तुमा गएराती ग्यास सिलिन्डर विस्फोट : दाजुबैनीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ जेष्ठ २०८२
  • 8.9K
    Shares

पोखरा, १२ जेठ २०८२।

कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा जलेर दाजु बैनीकै मृत्यु भएको हो।

उक्त आगलागीमा परेर गम्भीर घाइते भएका २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरेर उपचारका लागि राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारकै क्रममा सोनामको र शिवकुमारको भारतको गोरखपुरमा मृत्यु भएको बताइएको छ।

कपिलवस्तुका एसपी निरन्जन दत्त भट्टका अनुसार खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन दत्त भट्टले बताए।

आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई उपचारका लागि राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो। उपचारकै क्रममा सोनमको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवैको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार