बारामा वडाध्यक्ष कुशवाहा पक्राउ परे

बारामा वडाध्यक्ष कुशवाहा पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ जेष्ठ २०८२
  • 4.2K
    Shares

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष बृजकिशोर कुश्वाहा

पोखरा, ११ जेठ २०८२।

बाराबाट आज एक जना वडाध्यक्ष पक्राउ परेका छन्। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर-६ का वडाध्यक्ष बृजकिशोर कुश्वाहा आज पक्राउ परेका हुन्।

वडाध्यक्ष कुशवाहालाई वडा समितिको कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेका बेला पक्राउ गरिएको पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्ताेष तामाडले जानकारी दिए ।

विभिन्न कसूरमा बारा जिल्ला अदालतबाट गरिएको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई पक्राउ गरिएकाे र फैसला कार्यान्बयानका लागि आजै अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

वडाध्यक्ष कुशवाहाबिरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी तीनवटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार