दमौलीको मादी पुल जिप दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

दमौलीको मादी पुल जिप दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ जेष्ठ २०८२
  • 14.5K
    Shares

पोखरा, १० जेठ २०८२।

तनहुँको सदरमुकाम दमौली नजिक मादी पुलमा गएराती भएको बोलेरो जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेर तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

उक्त दुर्घटनामा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगरको मृत्यु भएको छ भने चालक रोहित गुट्टा र धिरज रौनियार घाइते भएका छन् ।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार