भारतमा भएको दुर्घटनामा अछामका साउद दम्पत्ति र छोराको मृत्यु

भारतमा भएको दुर्घटनामा अछामका साउद दम्पत्ति र छोराको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ जेष्ठ २०८२
  • 6.6K
    Shares

पोखरा, ८ जेठ २०८२।

भारतमा रहेका आफ्ना दुई छोरालाई भेट्न जाँदै गरेका एक दम्पत्ति र एक छोराको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ का ५८ वर्षीय टेकबहादुर साउद र उनकी श्रीमती ५५ वर्षीय देउमा साउद र उनीहरुका सात वर्षीय छोरा अंशुको भारतको पलिया–लखनउ सडकखण्डमा बिहिबार भएको सवारी दुर्घटनामा मृत्यु भएको हो।

उनीहरु सवार जिपलाई पछादिबत अर्को गाडीले ठक्कर दिंदा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको बान्नीगढी जयगढ गाउँपालिका–५ का अध्यक्ष टेकबहादुर साउदले जानकारी दिए ।

बान्नीगढी जयगढ गाउँपालिका–३ का अध्यक्ष नवराज साउदका अनुसार दुर्घटनापछि धनगढीमा रहेका नजिकका आफन्त र समाजसेवी त्यतातिर गएका छन्। घाइतेको उपचार भइरहेको जानकारी आएको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार