के तपाईं फेसबुकमा चिनजान भएकी केटी साथी भेट्न होटलमा जाँदै हुनुहुन्छ ?

के तपाईं फेसबुकमा चिनजान भएकी केटी साथी भेट्न होटलमा जाँदै हुनुहुन्छ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ जेष्ठ २०८२
  • 6.8K
    Shares

पोखरा, ८ जेठ २०८२।

के तपाईं सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएकी केटी साथीले भेट्न बोलाएका कारण भेट्न जाँदै हुनुहुन्छ ? अनि ती केटी साथीले तपाईंलाई होटलमा जाउँ भनेर प्रस्ताब गरेकी त छैनन् ? यदि त्यस्तो प्रस्ताब आएको छ भने निधार खुम्च्याएर सोच्नुस है ! नत्र पछुताउनु पर्ला।

सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएका केटा साथीलाई काठमाण्डौको ठमेलस्थित एक होटलमा लगेर नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको आरोपमा दुई युवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् । उनीहरुके ती केटा साथीलाई बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएको आरोप प्रहरीले लगाएको छ ।

प्राप्त विवरण अनुसार , उनीहरूले फेसबुकमार्फत चिनजान भएका केटा साथीलाई ठमेलको होटलमा बोलाएर खानेकुरा र रक्सी खुवाएका थिए। उनी रक्सीले मातेर बेहोश भए पछि अभियुक्तहरुले बेहोश केटा साथीको अश्लिल र नाङ्गो फोटो पनि खिचेका थिए। जब ती केटा साथी हिश्मा आए उनीहरुले ती केटा साथीलाई उनको नाङ्गो फोटो र भिडियो देखाउदै ‘घर र चार आना जग्गा दे, नत्र यौन शोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्क्याउन थाले। त्यस पछी बाध्य भएर ती केटा साथीले उनीहरुलाई चेकमार्फत पाँच लाख रुपियाँ दिन बाध्य भए। त्यसपछि प्रहरीमा आफु ठगिएको भन्दै ती केटा साथीले प्रहरीमा उजुरी दिएका थिए।

उनकै उजुरीका आधारमा प्रहरीले ममता तामाङ र आँचल चौगुठीलाई काठमाडौँको हनुमानस्थानबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। उनीहरुको साथबाट मोबाइल र चेक बरामद गरिएको र अहिले उनीहरूमाथि आ’पराधिक लाभ (एक्सटर्सन) को मुद्दा अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार