पोखरा, ७ जेठ २०८२।
कास्की जिल्लाको पर्यटकीय गाउँ धम्पुसबाट लागू औषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस बस्ने वर्ष ४१ को युवराज गुरूङ सोही वडाको घट्टेखोलामा लागू औषध कारोबार गर्दागर्दै पक्राउ परेका हुन्।
अभियुक्त गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले मंगलबार साँझ ६ बजे घट्टेखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त गुरूङको साथबाट लागू औषध वुर्फिन नर्फिन- ४६ एम्पुल, डाईजेपाम- ४१ एम्पुल र फेनारगन- ४६ एम्पुल गरी एकसय ३३ एम्पुल र एक थान मोवाईल समेत बरामद भएको प्रहरीले दाबी गरेको छ।
गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।