पोखरा, ७ जेठ २०८२।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुटवलबाट पक्राउ परेका छन् ।
मंगलबार प्रहरीले उनलाई विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो ।
बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा वियजी भएका थिए।