डुम्रेमा एकाबिहानै टिपर र बस एकापसमा ठोक्किए : सात जना यात्रु घाइते

डुम्रेमा एकाबिहानै टिपर र बस एकापसमा ठोक्किए : सात जना यात्रु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ जेष्ठ २०८२
  • 4.8K
    Shares

पोखरा, ६ जेठ २०८२।

तनहुँको डुम्रेमा आज बिहानै टिपर र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

यम्पाबाट डुम्रे आउँदै गरेको मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको गमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर र रुकुमपश्चिमबाट आएको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस आज बिहान एकापसमा ठोक्क्दा सात जना घाइते भएका हुन्।

बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक भएको उक्त दुर्घटनामा परेका घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ र त्यस मध्ये बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार