पोखरा, ५ जेठ २०८२।
लमजुङमा ट्याक्टर पल्टिदा ट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको प्रदेश ०२०३–००१ त५४३० नम्बरको ट्याक्टर सोमबार बिहान बेशीशहर नगरपालिका–१, उदिपुरमा पल्टिदा एट्याक्टर चालकको घटनास्थलमै मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर दिपुर ढाडगाउँका ३१ बर्षीय अहिर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ ।
शव पोष्र्टमार्टमको लागी प्रदेश अस्पताल बेसीशहर ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताए ।