पोखरा, ५ जेठ २०८२।
चोरीका दुई वटा पल्सर मोटरसाइकलसहित गोरखाबाट एक युवा पक्राउ परेका छन्।
गोर्खाको अजिरकोट गाउँपालिका वडा नं ४ माउसुलीबाट चोरीका दुई वटा मोटरसाइकलसहित गत शुक्रबार दिउसो करीब चार बजे वारपाक सुलिकोट गाउँपालिका वडा नं ०४ घर भएका १८ वर्षीय १८ को सन्जिब तामाङ पक्राउ परेका हुन्।
तामाङको माउसुलीस्थित डेराकोठाबाट इन्जिन नं DH2WGG42195, च्यासिस नं MDZA1126GW27288 भएको नं प्लेट नभएको १५० सिसिको पल्सर मोटरसाईकल एक थान र बा ६४ प ५६६६ नम्बरको प्लेट भएको इन्जिन नं DKYCJC49838 र च्यासिस नं MD2A13EY6JCG50017 भएको रातो कालो २२० सिसिको पल्सर मोटरसाईकल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
अभियुक्त तामाङले मोटरसाइकल चोरी गरी ल्याई लुकाई छिपाई राखी बिक्री बितरण गर्ने गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय गोर्खा र इलाका प्रहरी कार्यालय, जौवारी गोरखाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तामाङको डेरा कोठामा छापा मारेर खानतलाशी गर्दा दुइ वटा चोरीका पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।
अभियुक्त तामाङबिरुद्ध गोरखा जिल्ला अदालतबाट म्यादथप अनुमती लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय गोर्खाका सुचना अधिकारी डिएसपी इन्द्रप्रसाद सुबेदीले “सस्तो मुल्यमा पाइएको भन्दै सवारी दर्ता किताब नभएको जुनसुकैसवारी साधन नकिन्न र सवारी साधन किन्ने नै भए यातायात कार्यलयमा पुगेर कानूनसम्मत तरीकाले सवारी साधन खरिदबिक्री गर्न अनुरोध गरेका छन्।
यदि कागजपत्र नभएका सवारी साधनहरु छन भने सम्बन्धित यातायात कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिन अनुरोध गर्दै डिएसपी सुबेदीले अनुसन्धानको क्रममा खुल्न आएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिए।